क) सरोकार निहित सबै नागरिकलाइ सार्वजनिक रुपमा नै स्वास्थ्य शिक्षा बारे सर्वसाधारणमा जन चेतना जगाइ गरिब तथा उत्कृष्ट जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनकालागि छात्रवृति प्रदान गर्ने तथा राष्ट्रिय प्रतिभा तथा विभुतिहरुलाई जगेर्ना हेतु आवश्यक कार्य गर्दै पुरस्कृत समेत गर्ने ।
ख) समाजको उत्थान तथा स्वास्थ्य सम्बन्धि जनजागरण एवं पिडितहरुकोलागि एम्बुलेन्स समेत संचालन व्यवस्थापन गरि गराई, अध्ययनअध्यापन तथा सहयोगकालागी जनचेतना, शिविर, योगा, सरसफाई आदिको कार्यक्रम आयोजना गर्ने गराउने ।
ग) शिपसंग सम्बन्धित तालिमहरु संचालन गर्न औपचारिक तथा अनौपचारिक शिक्षा शिप सेवा केन्द्रहरु खोल्ने ।
घ) समाजको उत्थानमालागेकासंग सम्बन्धित संघ संस्था र समृुदायका न्याय संगत हकहितकालागि राष्ट्रिय एवं अन्र्तराष्ट्रिय क्षेत्रमा परस्पर सहयोगको आदान प्रदान गर्दै अध्ययन, अनुसन्धान गर्ने, समुचित स्वास्थ्य शिक्षा, विज्ञान प्रविधि एवं मानवीय सहयोगकोलागि निःशुल्क परामर्श एवं सहायता प्रदान गर्ने, सार्वजनिक सरोकारको हितको विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निकायहरुमा ध्यानाकर्षण समेत गरि गराई अन्य यथोचित उपचारको बाटोमा लाग्ने लगाउने ।
च) समग्र समुदायका योग्य व्यक्तिहरुलाई स्वास्थ्यसंग सम्बन्धित राज्यको नीति, विधि निर्माण कार्य एवं विभिन्न सेवा आयोगमा पहुंचकालागि आवश्यक प्रशिक्षण तथा तालिमको व्यवस्था गर्ने गराउने र सो कुराकोलागि सम्बन्धित राष्ट्रिय एवं अन्र्तराष्ट्रिय निकायहरुसंग सम्बन्ध र समन्वय कायम गरि श्रोतको व्यवस्था गर्ने ।
ङ) समाजको उत्थानमालागेकासंग सम्बन्धित संघ संस्था र समृुदायका न्याय संगत हकहितकालागि राष्ट्रिय एवं अन्र्तराष्ट्रिय क्षेत्रमा परस्पर सहयोगको आदान प्रदान गर्दै अध्ययन, अनुसन्धान गर्ने, समुचित स्वास्थ्य शिक्षा, विज्ञान प्रविधि एवं मानवीय सहयोगकोलागि निःशुल्क परामर्श एवं सहायता प्रदान गर्ने, सार्वजनिक सरोकारको हितको विषयमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निकायहरुमा ध्यानाकर्षण समेत गरि गराई अन्य यथोचित उपचारको बाटोमा लाग्ने लगाउने ।
च) समग्र समुदायका योग्य व्यक्तिहरुलाई स्वास्थ्यसंग सम्बन्धित राज्यको नीति, विधि निर्माण कार्य एवं विभिन्न सेवा आयोगमा पहुंचकालागि आवश्यक प्रशिक्षण तथा तालिमको व्यवस्था गर्ने गराउने र सो कुराकोलागि सम्बन्धित राष्ट्रिय एवं अन्र्तराष्ट्रिय निकायहरुसंग सम्बन्ध र समन्वय कायम गरि श्रोतको व्यवस्था गर्ने ।
छ) वैज्ञानिक स्वास्थ्य सेवाको विकास निर्माण र मानवीय राज्यको अवधारणा प्रति प्रतिवद्ध रहि बालबालिका, वृद्धवृद्धा, युवा युवतीलाई विभिन्न क्षेत्रको औपचारिक अनौपचारिक वैज्ञानिक प्राविधिक स्वास्थ्य शिक्षा, द्धन्द्ध पिडितको समस्या निवारण एवं उद्धारकोलागि कार्य गर्न गराउन विभिन्न प्रशिक्षालयहरुको स्थापना गर्ने ।
ज) शहिद परिवार, द्धन्द्ध पिडित, गरिब, असहाय बालबालिका, पिछडिएका महिलाहरु समेतको उत्थानकालागि उनिहरुको स्वास्थ्यसंग सम्बन्धित हक हितको संरक्षण र सम्बद्र्धन गर्ने गराउने कार्यहरु गर्न आवश्यक पहल सहयोग गर्ने गराउने ।
झ) उपरोक्त उद्देश्य परिपूर्तिकालागि नेपाल सरकार, विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय दातृ निकाय संघ संस्था एवं व्यक्तिसंग समन्वय, सम्झौता, अध्ययन, अध्यापन, अनुसन्धान, प्रशिक्षण, गोष्ठि, सेमिनार गर्ने गराउने सहभागी हुने, समान उद्देश्य भएका संघ संस्थाहरु संग परामर्श र सहयोग लिने दिने आवद्ध गराउने तथा आवद्ध हुने ।
ञ) आन्तरिक पर्यटन तथा संस्कृति संरक्षण संवद्र्धनका कार्यहरु गर्ने गराउने ।
च) शारीरिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरुको हक हितको क्षेत्रमा कार्य गर्ने गराउने ।
छ) गरिबि निवारण तथा वातावरणको क्षेत्रमा समेत कार्य गर्ने गराउने ।
ज) भोक विरुद्धका सबै प्रकारका कार्यहरु गर्ने गराउने ।
झ) संस्थाका उद्देश्य पूर्तिका लागी आवश्यक डकुमेन्ट्री, नाटक लगायत चेतनामूलक ÷ जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने ।
ञ) दलित, जनजाति, महिला, बालबालिका, यूवा, अपाङ्ग, वातावरण, स्वास्थ्य, शिक्षा, बेरोजगारी, दैविकप्रकोप, असहाय, असक्तहरुलाई सहयोगार्थ विभिन्न प्रकारका गतिविधि संचालन गर्ने ।
ट) सामाजिक कुरिति, कुप्रथा, कुसंस्कार विरुद्ध आवश्यक सबै प्रकारका गतिविधि संचालन गर्ने ।
