सामाजिक उद्देश्यका लागि ट्विट नेपाल, काठमाडौं सम्वत २०७१ सालमा संघ÷संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नाफारहित गैर–सरकारी संस्था हो ।
नेपालका विभिन्न क्षेत्रमा समुदायहरुको एकिसम्मुन्नत समाजको निर्माण गरि कार्य क्षमता अभिवृद्धि गर्न शिक्षा तथा स्वास्थ्य एवं आम रुपमा नेपाली नागरिकलाई सक्षम तथा सुशिक्षीत गरि सवल नागरिक निर्माण गरि देश विकासका विषयमा राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा अध्ययन अनुसन्धान तथा सेवामा उच्च पहुंच पु¥याउन यो संस्थाले पहल गर्नेछ ।
सामाजिक कानूनी मान्यता प्राप्त हक अधिकारको उपभोग गर्दै स्वास्थ्य सेवाको क्षेत्र लगायत सबै क्षेत्रको संस्थागत, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, वैज्ञानिक तथा साँस्कृतिक विकास र उत्थान एवँ राष्ट्रिय विकासमा समुचित सहभागिताको चेतना अभिवृद्धिकोलागि विभिन्न सेवा परामर्श र प्रशिक्षणका कार्य गर्ने गर्दछ ।
नेपाल राष्ट्रको निर्माणको कालो पाटोको रुपमा रहेको अशिक्षा र गरिबीले पिडित समुदायको उत्थान गर्दै वास्तविक विभेद रहित र उच्च जीवनस्तर यापनको विकास गराई सक्षम, दक्ष, योग्य नागरिकको उत्पादनमा सघाउ पु¥याई सबैको सपना पुरा गरि राष्ट्र निर्माण एवँ विकासमा समेत संस्थागत टेवा पु¥याउन वाञ्छनिय भएकोले विभिन्न पेशा, तह, वर्ग, लिङ्ग, धर्म, भुगोल, जातिको संलग्नता रहेको विश्वव्यापी सामाजिक सञ्जाल ट्वीटरमा रहेका नेपालीहरुको “सामाजिक उद्देश्यकालागि ट्वीट नेपाल” नामक संस्था दर्ता गरिएको छ ।
